Logo

‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, प्रदीप पौडेल कास्की जिल्ला केन्द्रीय प्रतिनिधि



काठमाडौं, ८ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ ।

पार्टीले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ ।

नेता तथा सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेललाई कास्की जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot