Logo

तोलामा ३ सयले बढ्यो सुनको भाउ



काठमाडौं, भदौ ८ । आज बुधबार सुनको भाउ बढेको छ । हिजो मंगलबार तोलाको ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ५ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९९ रुपैयाँ कायम गरेको छ ।sharethis sharing button



प्रतिक्रिया दिनुहोस्

Screenshot