Logo

प्रचण्डले इमान–जमान राख्नुभएन : खगराज अधिकारी (भिडिओसहित)



काठमाडौं, ८ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आँटले यसअघि एमाले र माओवादीबीच एकता भएको स्मरण गराए ।

उनले भने,‘पार्टी एकता जसले पायो, त्यसले गर्न सक्दैन् । केपी ओलीको आँटले गर्नुभयो । तर, प्रचण्डजीमा के त्यस्तो राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण छ, उहाँ टिक्नसक्नुभएन ? अहिले अब म दोष लगाउने र आरोप लगानेभन्दापनि चुनावको मुखमा हामी हाम्रो कुरा लिएर जान्छौं । तर, उहाँले ईमान-जमान राख्नुभएन ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् । उनले आफूहरु र प्रचण्डमा फरक भनेको आफूहरु संसदीय व्यवस्था मान्ने पक्षधर रहेको र प्रचण्डले हाकाहाकी रुपमा संसदीय व्यवस्था मान्दिनँ भनेको सुनाए । उनले आफ्नो अध्यक्ष ओलीलाइ प्रतिगमनकारी भन्नेहरु नै प्रतिगमनकारी रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्