Logo

प्रदीप गिरीको चिन्तनधारा



विपिन देव: प्रदीप गिरीको सहोदर भाई शेखर गिरीको सम्पादनमा अक्षर मासिक पत्रिकामा म नियमित स्तम्भकार थिए । स्तम्भ लेखन अङ्ग्रजीमा हुने गथ्र्यो । अक्षर मासिक पत्रिकाको माध्यमबाट विराट व्यक्तित्वहरूको कृतित्वको समीक्षा र विश्लेषण गरिन्थ्यो । वीपीदेखि भीमबहादुर तामाङ्गसम्म माक्र्सदेखि गान्धीसम्म, जयप्रकाशदेखि लोहियासम्म, पुष्प लालदेखि मदन भण्डारीसम्मका विषयबारे अक्षर पत्रिकाले विश्लेषाङकको रुपमा प्रकाशन गरिरहेको थियो । प्रदीप दाइ यो अभियानको प्रेरक र उत्तप्रेरक समेत हुनु हुन्थ्यो । शेखर गिरीको निवासमा कहिलेकाहीं भेट भएको वेलामा डा. लोहियाको कृती पढ्न बढी जोड दिनु हुन्थ्यो । तदनुरुप उहॉको आश्रममा पुगी लोहियाद्वारा लिखित पुस्तकहरू समेत प्राप्त गरेको थिए‘ ।

वास्तवमा प्रदीप गिरीको विचारधारालाई प्रभावित गर्ने महापुरुषको लामो ताती देखिन्छ । गान्धी, माक्र्स, डा. लोहिया, जयप्रकास नारायण, वीपी कोइरालाको दर्शन र साहित्यलाई उहॉले निर्मम ढङ्गले विश्लेषण गर्नु भएको छ । निर्ममताको अर्थ अध्यारो कुनालाई आलोकित गर्नु हो कमजोर पक्षलाई उजागर गर्नु हो । यस अर्थमा प्रदीप गिरीले वि.पि. कोइरालालाई समग्रतामा विश्लेषण गर्नु भएको छ । प्रदीप गिरीले डा. राममनोहर लोहियाको वारेमा एउटा रोचक पुस्तक लेख्नु भएको छ । डा. लोहियाद्वारा लिखित पुस्तकहरू “इतिहासको चक्र”, मिसिङ्ग प्याईन्ट इन र्माक्सजिम”, गिलटि म्यान अफ पार्टीसन आफ इण्डिया” जस्तो मौलिक कृतिहरूको सार यो पुस्तकमा पढ्न पाइन्छ । तर लोहिया दर्शनलाई समेत उहॉले प्रश्नको घेरामा राख्नु भएको छ ।

गान्धी र र्माक्सको अन्र्तरघुलनमा तयार भएको लोहिया दर्शनको अपरिहार्यतालाई उहॉले स्वीकार समेत गर्नु भएको छ । प्रदीप गिरीको जयप्रकास नारायणसँग व्यक्तिगत सम्बन्ध गहिरो थियो । सभा र कार्यक्रम आयोजना गर्न समेत प्रदीप गिरीलाई आग्रह गर्थे । जेपीको राजनीतिक दलहरूको क्रियाकलापबाट मोहभङ्ग भइसकेको थियो । भष्ट्राचारको प्रमुख कारण राजनीतिक दल नै हो भन्ने जेपीको ठहर थियो । यही सन्र्दभमा जेपीले सर्वोदय आन्दोलन चलाउनु भयो । प्रदीप गिरीलाई समेत राजनीतिक दलहरूको क्रियाकलापप्रति आकर्षण थिएन । डा. लोहिया र जयप्रकास सत्ता र शक्तिलाई सदैव चुनौति दिए । डा. लोहिया र जयप्रकाशको गहिरो प्रभाव प्रदीप गिरीको जीवनमा देखिन्छ । उहॉमा मन्त्री र प्रधानमन्त्री बन्ने तृष्णा कहिले पनि भएन । जन आवाजलाई ध्वनित गर्न संसदमा समय समयमा पुगे तापनि सुविधा र आडम्बरलाई आफ्नो हुंकार र डंकारलाई तेजोवध गर्न जहिले पनि उहॉ तम्तयार हुनु हुन्थ्यो ।

देशको हरेक योजनालाई गाउ‘को आवश्यकता अनुसार विश्लेषण गर्नु उहॉको समाजवादी दृष्टिकोण थियो । हरेक योजनालाई विश्लेषण गर्दा समाजको सबभन्दा पीडित र प्रताडित वर्गलाई मध्यनजरमा राखेर विश्लेषण गर्नु पर्दछ भन्ने उहॉको आग्रह थियो । यस अर्थमा उहॉको समाजवादी दृष्टिकोण गान्धीवादसंग सामीप्य रहेको देखिन्छ । गान्धीको “दरिद्रनारायण”को सिद्धान्तलाई नेपाली सन्र्दभमा उहॉले व्याख्या गर्नु भएको छ । प्रदीप गिरी आर्थिक उदारवाद र भोगवादको कटु आलोचक हुनुहुन्थ्यो ।

नेपाली काङ्ग्रेसको सैद्धान्तिक विचलनमा उहॉले आफ्नो विमत्ति देखाउ‘नु भएको छ । आर्थिक उदारवादको प्रकोपबाट नेपालको हरेक गाउ‘ आर्थिक र सामाजिक रुपले स्वखलित भइरहेको कुरा उहॉले बारम्बार नेतृत्व पङ्क्तिलाई आग्रह गर्नु हुन्थ्यो । वी.पि.कोइरालाको गाउ‘को नीतिलाई कार्यक्रम बनाइ अगाडि बढ्नु पर्ने उहॉको आग्रह थियो । प्रदीप गिरीको राजनीतिक विचारधारालाई गान्धी, लोहिया, जयप्रकाश र वीपीले प्रभावित गरेका थिए । उहॉको अभिरुचि हिन्दु चिन्तधारामा पनि थियो । लाल कृष्ण आडवाजी लिखित पुस्तक “माई आउ‘नर टु नेशन” पढेपछि मेरो मनमा केही प्रश्न र जिज्ञासाहरू पलायो । केही प्रश्न र विज्ञासाको सामाधानका लागि प्रदीप दाइलाई आग्रह गर्दा उहॉ मुुुसुक्क हॉस्नु भयो । उहॉले मेरो अध्ययनको कमजोर पक्षलाई ठम्याउनुभयो । वडो प्रसन्न मुद्रामा गुरु ग्वालवालकरको “वन्च आप‘ थौट” भन्ने पुस्तकको वारेमा सुत्रात्मक अभिव्यक्ति दिनु भयो । छिटो भेटघाटमा दीन दयाल उपाध्ययको “एकात्मक मानतावाद”मा समेत प्रकास पार्नु भयो । सावरकरदेखि मोदीसम्म ज्ञान भएका प्रदीप दाईको हिन्दू चिन्तन धारामा समेत अद्भूत जानकारी थियो ।

उहॉको राजनैतिक व्यक्तित्वलाई सम्मवल दिने काम उहॉको साहित्य चिन्तन र अध्ययनले दिने गर्थ्यो । उर्दु सायरीलाई रसावादन गरेर त्यसबाट अमृतरस ग्रहण गर्नु उहॉको स्वभाव थियो । जीवनलाई व्याख्या गर्दै उहॉले एक व्याख्यामा एउटा उर्दू सायरी प्रस्तुत गर्नु भएको थियो । “अपने आपमे खुदको ढुडता हु, वोया खुदही मञ्जील, मुसाफीर भी खुद हु” अर्थात् जीवन भन्नाले आत्मनिरीक्षण र आत्म विश्लेषणको यात्रा मात्रा हो भन्ने उनको भनाइ थियो । उहॉले किशोर अवस्थामा शरदचन्द्र, रवीनन्द्रनाथ प्रेम चन्द्रको साहित्यलाई रसावादन गर्नु भएको थियो । संसारमा केही कुरा शाश्वत्व र केही कुरा चिरन्तन हुन्छ भन्ने उहॉको बुझाइ थियो । आप्mनो मुखमण्डलबाट उक्त दर्शनलाई सायरीको माध्यमबाट उहॉले व्यक्त गर्नु हुन्थ्यो । अर्थात् “महफील वही है मञ्जील भी वही है, दीवाने वदलती है, पखाने बदलते है” । अर्थात् संसारमा केही शाश्वत्व सत्य छन् जुन परिर्वतन हु‘दैन । मानवीय जीवन चिरन्तर हुन्छ र परिर्वतनले प्रभावित गरिरहेको हुन्छ । उहॉले आत्मवोधमा बढि जोड दिनु हुन्थ्यो । जीवनको उद्देश्य बुभ्mन आत्म चिन्तन र आत्म विश्लेषण गर्नु पर्दछ भन्ने उहॉको आग्रह थियो । यस सन्र्दभमा मोहम्द इकवालको सूत्रलाई उहॉले प्रस्तु गर्नु हुन्थ्यो ।

जीवनलाई इकवालले वडो राम्ररी व्याख्या गरेका छन् । इकवालको शब्दमा “फिरद मन्दो से क्या पुछु मै इस फिक्रमे हु‘ मेरे इन्त्याहा क्या है” । फिरदमन्द भन्नाले ज्ञानी भन्ने बुझिन्छ । जीवनको गोरेटो आफ्नो आत्म चेतनाबाट निर्धारण गर्नु पर्दछ । जीवन भनेको कसैको मार्ग दर्शन होइन ।
साध्य र साधनको विच एकरुपता हुनु पर्दछ भन्ने प्रदीप गिरीको आग्रह थियो । यस अर्थमा उहॉ गान्धीवादबाट समेत नजिक हुनुहुन्छ । गान्धीवादको आखॉबाट उहॉले पश्चिमा साहित्यलाई समेत विश्लेषण गर्नु भएको छ । टी.एस. इलियटद्वारा लिखित नाटक “मर्डर एण्ड क्याथेडरल” मा उहॉको गहिरो अभिरुचि थियो । नाटकको प्रसिद्ध पंक्ति “लास्ट टेम्पेटसन इज ग्रेट ट्रिजन, टुडु राईट थिंग विथ रोग रिजन”लाई उहॉलाई मोहित गरेको थियो । अर्थात् खराव अभिप्रायले राम्रो काम गर्नु पनि पाप हो । कसैलाई कृतज्ञ बनाउने अभिप्रायले मद्दत गर्नु पनि पाप हो । प्रदीप गिरीलाई हिन्दीका प्रसिद्ध कवि निरालाको महाकाव्य “रामकी शक्ति पुजा”ले पनि प्रभावित गरेको थियो । निरालाले जीवनको संघर्षलाई यो काव्य कृितबाट व्याख्या गर्नु भएको छ । रामको शक्ति पुजामा रामको विलाप र करुणालाई वडो चहकिलो ढङ्गले प्रस्तुत गर्नु भएको छ । रामले रावणलाई मार्न सकिरहेको छैन । रामको शब्दमा “धीक जीवन जो पाता ही विरोध, जानकी तेरा न हुवा उद्धार” । अर्थात् निरालाले यस काव्यकृतिको माध्यमबाट कर्मवादको सिद्धान्तलाई प्रतिवाद गरेको छ ।

वास्तवमा प्रदीप गिरी व्यक्ति होइन एउटा विचार हो । विचारमा विर्मश हुनु पर्दछ । विचारलाई विमर्शमा रुपान्तरण गर्नुको सोध, चिन्तन, मनन र विश्लेषणको वातावरण हुनु पर्दछ जसले कि सभ्य समाजलाई नयॉ गोरेट प्रदत गर्दछ । नेपाली काङ्ग्रेस लगायत बौद्धिक जमातले प्रदीप गिरीको चिन्तन धारालाई समाजमा पस्किने दायित्व लिनु पर्दछ । प्रदीप दाइप्रति सच्चा श्रद्धाञ्जली यही नै हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्