Logo

मुक्तिनाथ बैंकको “तीज विशेष अफर ”, खाता खोल्दा १ लाख सम्मको बीमा



काठमाडौं, ८ भदौ । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ । यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्न सक्नेछन् ।

यो रु १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा, निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र त्चबलत्रगष्ष्तिथ क्उब को विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट (भदौ २०७९ महिनाका लागि ) हो ।

यस योजनामा शर्तहरु लागु हुनेभएकाले यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्नुपर्ने जनाइएको छ । यो योजनोले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot