Logo

रसुवा माविमा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण



काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो ।

विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

यस अघि परिषद्ले सिन्धुपाल्चोकको शारदा माध्यमिक विद्यालय र दोलखाको कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ । बाँकी ८ वटा हिमाली जिल्ला बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिनाले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको र वितरण गरिएको सामग्रीमा प्रति विद्यार्थी व्याग, ५ वटा कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत रहेको उल्लेख गरे ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै ६ नम्बर वाडाका वाडाध्यक्ष दावासिदार वाइवा र निमित्त प्रधानाध्यापक तिलक घिसिङले प्राज्ञिकले गरेको सेवाकार्यको प्रसंशा गर्दै धन्यवाद दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोसाईकुण्ड गाउँपालिका वडा नं ६ वडा अध्यक्ष दावासिदार वाइवा, सामाजिक व्यक्तित्व रिसाङ घले, विद्यालयका निमित्त प्रधानाध्यापक तिलक घिसिङ, विद्यार्थी परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिना एवं त्रिवि इकाई समिति सदस्य अर्जुन बगालेको उपस्थिति रहेको थियो ।

२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह ९कक्षा ११ र १२० क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्