Logo

नेकपा (एकीकृत समाजवादी) ले भोलि पार्टी पूनर्गठन दिवस मनाउने, जगन्नाथ खतिवडाले सुनाए एक वर्षको प्रगति



काठमाडौं, ८ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीले भोलि (बिहीबार) पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो ।

आज (बुधबार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भोलि अपरान्ह १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउने तयारी पूरा भएको जानकारी दिए । उनले आफूहरूको पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्