Logo

निहारिका सिंहको मुद्दा : निहारिकाका छोरा र आरोपीको डिएनए टेष्ट गर्न उच्च अदालत जनकपुरको आदेश



काठमाडौं, ८ भदौ । उच्च अदालत जनकपुरले एकल आमा निहारिका सिंह राजपुतको मुद्दामा उनका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ।

आज (बुधबार) उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाका छोरा र शिवराज दुबै जनाको डिएनए जाँच गर्न आदेश दिएको हो।

उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण गर्न आदेश जारी गरिएको हो। पछिल्लो समय निहारिकाले न्याय नपाएको भन्दै आत्मदहको प्रयास समेत गरेकी थिईन् ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot