Logo

फोहरमैला व्यवस्थापन बारेमा अध्ययन गर्न तारकेश्वर नगरपालीकाको टोली जापान भ्रमणमा



काठमाडौं, भदौ ९ । तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन बिदेश भ्रमणको लागि जापान प्रस्थान गरेका छन् ।

भाद्र ७ गते राती १० बजे नेपाल बायुसेवा निगमको जहाज मार्फत महर्जन जापान भ्रमणको लागि प्रस्थान गरेका हुन्। काठमाण्डौं उपत्यकामा बिकराल समस्या बन्दै गइरहेको फोहरमैला व्यवस्थापन बारेमा अध्ययनका लागि मेयर महर्जन जापान भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

मेयर महर्जनसंगै नगरपालीकाका प्रशासन शाखाका नासु राजुप्रसाद तिमिल्सीना जापान भ्रमणमा रहेका छन्। जापान भ्रमणका क्रममा महर्जनले फोहरमैला व्यवस्थापन सम्बन्धी सरोकारवाला निकाय तथा जापानका उच्च सरकारी अधिकारी र राजनैतिक दलका नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

जापान प्रस्थान गर्ने क्रममा मेयर महर्जनलाई नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमीरे, मेयर महर्जनका सहयोगी हिरा महर्जन सहित नगरपालीकाका कर्मचारीहरुले मेयर महर्जनलाई बिमानस्थलबाट बिदाई गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्