एजेन्सी, ९ भदौ । श्रीमान भिक्षु बनेपछि श्रीमतीले सम्बन्धविच्छेद गर्न इच्छा नगरेपछि सर्वोच्च अदालतले आश्चर्यलाग्दो फैसला गरेको छ ।
यो घटना भारतस्थित मध्य प्रदेशको हो । जहाँ श्रीमान श्रीमती १८ वर्षदेखि अलग बस्दै आएका छन् । सन् २००८ मा श्रीमानले पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।
त्यतिबेला उनले आफु भिक्षु बनेको बताए । उक्त निवेदन पारिवारिक अदालतमा खारेज भएपनि मुद्दा उच्च अदालतसम्म पुग्यो ।
उच्च अदालतमा सम्बन्धविच्छेद भयो। श्रीमती खुशी नभएपछि उनी सर्वोच्च अदालत पुगिन् । १८ अगस्त २०२२ मा सर्वोच्च अदालतले उनको निवेदन खारेज गर्यो।
कहिलेकाहीँ महिलाहरूको लागि विवाहित हुनु बढी महत्त्वपूर्ण हुन्छ। श्रीमानबाट अलग बस्दा पनि उनको नाममा सिन्दुर लगाएर जीवन बिताउन सक्ने अदालतले जनाएको छ । अदालतले महिलाले सम्बन्ध विच्छेद गर्न नचाहेपछि महिला आफै सिन्दुर पोते लगाएर विवाहित जस्तै रहन सक्छिन् ।
यी दुई कुरालाई ध्यानमा राखेर दम्पतीको सम्बन्धविच्छेद रद्द हुन्छ ।
एकतर्फी सम्बन्ध विच्छेदको बारेमा धेरै पटक कुरा उठेको छ । अहिले ती पुरुष भिक्षु भइसकेका छन् र उनको घरायसी जीवनसँग कुनै सरोकार छैन। उनले सबै कुरा त्यागिसकेका छन् ।
सर्वोच्च अदालतले भने श्रीमान् भिक्षु भइसकेका छन् भने सम्बन्धविच्छेद भए वा नभएकोले फरक नपर्ने बताएको छ ।