Logo

आज सत्तागठबन्धनले सिटको टुंगो लगाउला त !



काठमाडौं, ९ भदौ । सत्तागठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज बस्दैछ । बैठक बेलुका ४ बजे बस्ने सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनले भने,‘शीर्षर्थ नेताहरुले दिएको निर्देशन अनुसार आज बेलुका ४ बजे कार्यदलको बैठक बसेर समग्ररुपमा छलफल गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने छौं ।’

मन्त्री कार्कीले कार्यदललाई १६५ निर्वाचन क्षेत्रको पछिल्लो परिस्थिति बुझेर आधार तय गरी कार्यदलले प्रतिवेदन पेश गर्ने बताए ।
आगामी मंसिरका हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने भनिएपनि गठबन्धन दलले सीट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्