Logo

नीति अनुसन्धान प्रतिष्ठानको संगोष्ठीमा यसकारण बढ्यो चासो



काठमाडौं, ९ भाद्र । नीति अनुसन्धान प्रतिष्ठान नेपालले गर्न लागेको दुई दिने सेमिनारमा चासो बढेको छ । गैरसरकारी सामाजिक संस्था प्रतिष्ठानले नेपाल र विश्व वैश्विक व्यवस्थालाई लिएर सेमिनार गर्न लागेको सार्वजनिक गरिसकेको छ ।

सेमिनारमा नयाँ पीढीका उदीयमान अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरु सहभागी हुँदैछन् । ४० वर्ष उमेरभन्दा कम विज्ञहरुको सहभागिता हुनलागेपछि धेरैका लागि चासो बनेको हो । नेपालको विश्व सम्बन्धको जानकारहरुमा नयाँ पुस्ताको विचारहरु पहिलोपटक सशक्त ढंगबाट आउने आशाका साथ प्रतिष्ठानले संगोष्ठी आयोजना गर्न लागिएको बुझिएको छ ।

संगोष्ठीको उदघाटन १० भाद्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दैछन् । समापन पूर्वप्रधानमन्त्री प्रचण्डले गर्दैछन् । नीति अनुसन्धान प्रतिष्ठान नेपालले एउटा विशुद्ध संस्थाका रुपमा राष्ट्रहितलाई सर्वोपरी राख्दै छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धलाई सबल बनाउनको लागि निरन्तर प्रयासरत भएको उल्लेख गर्दै सेमिनार गर्न लागेको जनाएको छ ।

संगोष्ठीमा नेपाल र भारतका गरी ८० जना ४० वर्ष भन्दा कम उमेरका अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरु सहभागी हुँदैछन् ।

प्रतिष्ठान पछिल्लो समय विभिन्न संगोष्ठी र प्रकाशनमा सक्रिय रहँदै आएको छ । नीति अनुसन्धान प्रतिष्ठानले थोरै साधन र स्रोतका बाबजुद महत्वपूर्ण कार्यहरु गर्दै आएपछि चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्