Logo

सूर्यबहादुर थापाको आत्मकथाको आवरण लोकार्पण



काठमाडौं, ९ भाद्र । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथामा अधारित पुस्तकको आवरण लोकार्पण भएको छ । आज राजधानीमा पुस्तकको लोकार्पण भएको हो ।

‘मेरा नौं दशकः पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री पुस्तक’ सूर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनीलबहादुर थापा र पत्रकार हरिबहादुर थापाले लोकार्पण गरेका थिए । लोकार्पणमा थापा परिवार पनि सहभागी थिए ।

पुस्तकमा सूर्यबहादुर थापाको जीवनका भोगाईहरु समेटिएको जनाइएको छ । पुस्तक बुक हिलले प्रकाशन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्