Logo

हर्क साम्पाङ भन्छन्– पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन्



काठमाडौं, ९ भदौ । सडक मिचेर फुटपाथ व्यवसाय तथा अन्डरग्राउण्डका पसलहरु हटाउन एक्सनमा उत्रिएपछि काठमाडौंका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा स्याबासी पाइरहेका छन् ।

बालेनको एक्सनलाई लिएर धरानका मेयर हर्क साम्पाङले भने असहति जनाएका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनको उक्त कार्यको असहमति र साना व्यवसायीहरुप्रति माया दर्शाएका हुन् । व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नुहने उनको तर्क छ । साम्पाङले लेखेका छन्,‘व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन् । सबैको बाँच्ने अधिकार हुन्छ ।’

भर्खरै पनि साम्पाङले गरिबको आँशु नलागोस भन्दै अर्को स्टाटस लेखेका छन् । उनले लेखेका छन्,‘जे सुकै लागोस मलाई तर गरिबको आशुँ नलागोस् ।’



प्रतिक्रिया दिनुहोस्