Logo

प्रदीप गिरीको क्षेत्रबाट चुनाव लड्ने सरिता गिरीको घोषणा



काठमाडौं, ९ भदौ । हालैमात्र सद्रभावना पार्टी परित्याग गरेकी पुर्वमन्त्री सरीता गिरीले सिरहा क्षेत्र नं. १ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा बिहीबार ट्विट गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका नेता स्व.प्रदिप गिरीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने आधिकारीक घोषणा गरेकी हुन् ।

उनले सबैसँग आफुलाई सहयोग गर्न पनि आग्रह गरेकी छिन् । भर्खरै पार्टी छाडेकी गिरीले कुनै दल वा स्वतन्त्रबाट चुनाव लड्ने भने खुलाएकी छैनन् ।

दिवगंत नेता प्रदीप गिरी उनका जेठाजु हुन् । उनले लेखेकी छिन्,‘म सिरहाको १ नं निर्वाचन क्षेत्र बाट सांसद पदका लागि निर्वाचन लड्न गई रहेको छु । यो आधिकारिक घोषणा हो । सबै जना संग सहयोगका लागि विनम्रता पुर्वक आग्रह गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्