Logo

ओलीले जनतामाझ क्षमा माग्नुपर्ने घनश्यामको प्रस्ताव



काठमाडौं, ९ भाद्र । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी बैठकमा यस्तो लिखित प्रस्ताव पेश गरेका छन् जसले अध्यक्ष केपी शर्मा ओलीलाई जनतामाझ क्षमा माग्नुपर्ने भनिएको छ । कम्युनिस्ट पार्टी विभाजन देखि विभिन्न घटनाक्रममा ओलीको कमी कमजोरी औल्याउँदै जनतामाझ क्षमा मागेर चुनावमा जानुपर्ने भनिएको छ ।

भुसालले कम्युनिस्ट विभाजनमा गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने औल्याएका छन् । उनले अब गल्ती गर्दैनौं भनेर जनताको बीचमा जानुपर्ने र त्यसलाई क्षमा सप्ताह नाम दिनुपर्ने समेत बताएका छन् ।

यथास्थितिमा चुनावमा जाँदा ठूलो धक्का खानुपर्ने संकेत गर्दै भुसालले वाम एकतामा जोड दिएका छन् । उनले वाम एकता गरेर चुनावमा जाँदा १५० सिट जित्न सकिने दाबी समेत गरेका छन् । एकतामा लागिरहनुपर्नेमा उनको जोड छ ।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका भुसाले अध्यक्ष ओलीका आलोचक मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्