Logo

चलचित्र ‘प्रकाश’मा जुम्लाका मानिसको यथार्थ देखाइएको छ : ज्ञानेन्द्र शाही



काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले फिल्म प्रकाशमा जुम्लाका मानिसको यथार्थ देखाइएको बताएका छन् ।

चलचित्रको प्रिमियर शो हेरेपछि प्रतिक्रिया दिँदै शाहीले सामाजिक सञ्जालमा उक्त कुरा बताएका हुन् ।

उनले लेखेका छन्, ” ‘प्रकाश’ अरु सबैलाई कथा लागे पनि हामी जुम्लीको यथार्थ हो‘।

जुम्लामा हरेक फिल्मकर्मीलाई आउन र संसार भर चिनाउन हार्दिक अनुरोध गर्दै प्रकाश चलचित्र अत्यन्तै सबल र सक्षम देखियो सफलताको हार्दिक मंगलमय शुभकामना‘”

जुम्लामा जन्मिएका शाही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव पनि जुम्लाबाटै लड्दै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot