Logo

विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा (फोटोफिचर)



काठमाडौं, १० भदौ । प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । काठठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको पत्ता लगाएर आज पक्राउ गरेको हो ।

भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८८४८ भोड्का बरामद भएको प्रहरीले जनाएको छ । यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खाली बोतल ८ वटा, ब्ल्याक लेभलका खाली बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खाली बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा प्याक गर्ने खाली बोतल हरु ठुलो परिमाणमा बरामद भएको जनाइएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्