Logo

महेश बस्नेतको टिप्पणी-म चाकडी गरेर आएको व्यक्ति होईन, भिडेर आएको हुँ (भिडिओसहित)



काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टी एक्लै चुनावमा लड्ने तयारीमा रहेको बताएका छन् । तर, स्थानीय आवश्यकत्ताको आधारमा कतिपय स्थानमा भने तालमेल हुनसक्ने उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बस्नेतले आगामी मंसिर ४ गते हुने निर्वाचनमा वाम गठबन्धन नहुने जिकिर गरे । नेता बस्नेतले आफूले हिजो युवा संघको अध्यक्ष हुँदा देशमा भएका उदण्ड तह लगाएको स्मरण गराए ।

उनले आफू लडेर, भिडेर र जुधेर आएको व्यक्ति भएको पनि सुनाए । उनले भने,”महेश बस्नेत चाकडी गरेर, शक्तिको पूजा गरेर आएको व्यक्ति होईन ।” उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली एमालेमा आजिवन प्रतिपक्षी भएर बसेको सुनाए । उनले आफूहरु अवसरवादी भएको भए झलनाथ खनाल र माधव नेपाल पार्टीको नेतृत्वमा हुँदा गोडा समातेर अवसर लिन गैहालिन्थ्यो नि ? भन्दै आफूहरु अवसरवादी नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्