Logo

नेपाल र केन्याबीचको तेस्रो टी-२० आई आज



काठमाडौं,भदौ, १२ ।  केन्यामा जारी पाँच खेलको टी-२० आई सिरिज अन्तर्गतको तेस्रो खेलमा आज घरेलु टोली र नेपाल भिड्दैछन् । जिमखाना क्लब मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपाल आज केन्यालाई हराउँदै सिरिजमा अग्रता लिन चाहन्छ । पहिलो खेलमा ५ विकेटको जीत निकालेको नेपाल दोस्रो खेलमा सामान्य लक्ष्य भेट्टाउन नसक्दा १८ रनको हार बेहोरेको थियो ।

यता दोस्रो खेलमा जीत निकाल्दै सिरिजमा १-१ को बराबरी गरेको केन्या उच्च मनोबलमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot