Logo

भदौ २२ गतेभित्र उम्मेद्धवारको नाम सिफारिश गरिसक्न मातहतका कमिटीलाई एमालेको निर्देशन



काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरी यही भदौ २२ गतेसम्म केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन निर्देशन गर्ने भएको छ ।

केन्द्रीय कमिटीको हिजो २०७९ भदौ ११ गते सम्पन्न चौथो बैठकले उम्मेदवार छनौटको प्रक्रिया र मापदण्ड निर्धारण गर्नुका साथै उम्मेदवारको नाम पठाउन मिति तोकेको हो । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिश तल्ला कमिटीबाट हुने र अन्तिम टुङ्गो केन्द्रबाट लगाइने छ ।

यस्तो छ उम्मेदवारको सिफारिस प्रक्रिया

जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गर्ने । एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरूले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने । प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस पनि सोहीबमोजिम सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्ने । गरिएको सिफारिसमा सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो अन्य राय भए सोसमेत उल्लेख गरेर सिफारिस गर्ने । सिफारिस माथिको अन्तिम निर्णय केन्द्रले गर्ने छ ।

प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तिमा एकजना महिलासहित तीनजना उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने छ । ९स्मरणीय छः सिफारिस सिफारिसमात्र हो, अन्तिम निर्णय होइन । निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजस्तो व्यवहार गर्न मिल्दैन ।०

समानुुपातिकतर्फको बन्दसूचिका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशीता र अवसरको न्यायोचित वितरणलाई समेत ध्यानमा राखी सम्बन्धित जिल्ला कमिटीको बैठकबाट सिफारिस गर्ने । उक्त सिफारिसमा सम्बन्धित प्रदेश कमिटीले आफ्नो अन्य राय भए सोसमेत उल्लेख गरेर सिफारिस गर्ने । स्मरणीय छ, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयमा पुनर्विचार गर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्