प्रकाश रायमाझी
रगत पसिना चुहाएर पनि देश सुम्पेकै छु
अनगिन्ती सपनाहरुलाई कुल्चेर पनि हाँसेकै छु
विसंगति र विकृतिको माला लगाए पनि तारिफ गरेकै छु ।
अस्पतालहरुमा लासले भरिएको भएपनि भाषण सुनेकै छु
विदेशीहरूको गुलाम भएपनि देशभक्तपनि भनि दिएकै छु ।
स्वाधीनतालाई बन्दगी राखेपनि ताली बजाए कै छु
गाउँ–सहर बस्तीहरुमा लठैतहरु लगाएर जयजयकार गरेकै छु ।
आसेपासेलाई सर्वत्र लुटाय कै छु, नेताको पगरी गुथेको छु
राज्यलाई ब्रह्मलुट गरेर आफू रमाएको छु, समाचार बनेकै छु ।
गरिब दुखी निशायहरूको नेता भनेर महलमा बसेकै छु
आफ्ना परिवार र इष्टमित्रहरु राज्य दौहनमा भर्ती गरेकै छु ।
अछम्य अपराधहरुलाई गहना जस्तै सजाएर राखेको छु
सर्वहाराको नारा लगाएकै छु मोजमस्तीमा रमाएर बसेकै छु ।
कसले गर्छ मेरो विरोध एक हुल मान्छे जम्मा पारी सडकमा आएकै छु ।।।