Logo

यातायात कार्यालय लहानमाथि लेनदेनमा लाईसेन्स वितरण गरिएको आरोप



काठमाडौं, १२ भदौ । यातायात व्यवस्था कार्यालय लहान सिराहामा मोटरसाइकल, कार÷जिपलगायतका सवारी लाइसेन्स बिक्रि भैरहेको पाईएको छ । यस्तो गैरकानूनी काम हुँदापनि अख्तियार मौन रहेको भन्दै अहिले आलोचना भैरहेको छ । कार्यालय प्रमुख कुशेश्वर साह र ट्राफिक प्रहरीको प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको मिलोमतोमा लाइसेन्स बिक्रि वितरण भैरहेको जनाईएको छ ।

सोही कार्यालयका अधिकृत रोहित कोइरालाले सेवाग्रहीको कुनै पनि काम घुसविना नै नगर्ने भनेर सेवाग्राहीहरुको गुनासो रहँदै आएको छ । कोइराला पनि ६ वर्ष पहिले सरुवा भएर आएका थिए । कार्यालय प्रमुख नहुँदा नायब सुब्बा बिजय दाहालले कार्यालय चलाउने गरेका छन् । दाहाल करिब ७÷८ वर्षदेखि लहान यातायात रहेको छ । ट्रायल सेन्टरमा ट्राफिक नियमानुसार सिसी क्यामेरा जडान हुनुपर्नेमा सिसि क्यामरा जडान नगरी ट्रायल लिने गरेको छ। साथै, तीन सय जना सहभागी भएकोमा ५÷१० जना मात्रै पास हुने गरेको भएपनि २५० जनालाई पैसा लिएर लाइसेन्स दिने गरिएको पाईएको छ ।

सोही कार्यालयमा कार्यरत इन्जिनियर रमानन्द साहले सहमतिविपरित चेकजाँच पास नगरीकन प्रत्येक गाडीको १५ हजारदेखि २० हजारसम्म लिने गरेका छन् । साथै, कारजिपको पनि अञ्चलीकरण नियमबिपरित काम २५ हजार लिएर गरिरहेका छन् । यतातिर पनि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ ।

देशभरिका यातायात कार्यालयमा अख्तियारले छापा मारेको सामाचार आउँछ । तर, लहान यातायातमा किन छापा मार्दैनन् भनेर अहिले गुनासो आउन थालेको छ । सेबाग्राही रघुवीर यादबले ट्रायलमा आफू पास भएपनि लाईटको कारण देखाएर फेल गरिदिएको गुनासो पोखे । उनले आफूजस्तै अरुले गर्दा पास गरिएको र त्यसमा पनि १५ हजार लेनदेन गरिएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot