Logo

एमालेबाट भावी प्रधानमन्त्री र चुनावी कमान्डर ओली



काठमाडौं, भदौ १३। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री र चुनावी कमान्डर तोकेको छ ।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार निर्वाचन परिचालन परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल रहेका छन् । ३४ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन भएको छ । यसैगरी, देशैभरि, प्रदेश, जिल्ला, क्षेत्रलगायतमा निर्वाचन परिचालन कमिटी गठन गरेर नेताकार्यकर्तालाई परिचालन गरिने योजना एमालेको छ ।

एमाले भावी प्रधानमन्त्री र चुनावी कमान्डरमा केपी शर्मा ओलीलाई अघि सार्दै निर्वाचनमा होमिएको छ । देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर विजय हासिल गर्ने अठोटका साथ निर्वाचनमा पार्टी होमिएको रिजालले बताए । आगामी निर्वाचनबारे स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरेको एमालेले २२ भदौभित्रमा उम्मेदवार सिफारिस गर्न निर्देशनसमेत गरेको छ ।

ध्यक्ष ओलीले निर्वाचनमा एमालेको बहुमत आउनेगरी आन्तरिक तयारीमा जुटन निर्देशन दिएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्