काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाको टोली न्युरोडको मख्खन टोलस्थित सुरज अर्केडको बेसमेट हटाउन पुगेको छ।
टोली पुगेपछि अर्केडको बेसमेन्टमा रहेको व्यापारीहरुले सामान हटाउन सुरु गरेका छन् । महानगरले सामान हटाउने समय दिने भनेपनि व्यापारीहरुले आफ्नो सामान बाहिर निकालिरहेका छन् ।
अर्केडमा बनाएको अनधिकृत संरचना भत्काउन महानगरका दुईवटा डोजर तयारी अवस्थामा छन् ।