काठमाडौं, १३ भाद्र । रवीन्द्र मिश्र आगामी चुनावमा कुन दलबाट उम्मेदवार बन्ने भन्नेमा स्पष्ट छैनन् । उनले विवेकशील साझा पार्टीको संयोजकबाट राजीनामा दिइसके । तर, आक्रामक अभिव्यक्तिका कारण चर्चामा आइरहने उनले छिट्टै पुस्तक प्रकाशन गर्दैछन् ।
मिश्रले १२ भाद्रको राति बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे । ओलीसँग उनले अढाई घन्टा कुराकानी गरे । राजनीतिको छलछामको विषयबारे पनि ओलले भने ।
राजनीतिमा छलछाम हुने बताएको स्वयं मिश्रले खुलाइसकेका छन् । चुच्चे नक्शासहितको सिक्का पनि मिश्रलाई दिए । उक्त सिक्का ओली प्रधानमन्त्री हुँदा ल्याइएको थियो । ओलीले चुच्चे नक्शा आफ्नो प्रधानमन्त्रीकालमा भएको भन्दै जनभावना जित्न खोजेको देखिदैछ ।
मिश्रले ओलीले धर्म संस्कृतिदेखि भूगोल र इतिहासका धेरै कुरा गर्न सकेकोबारे जिज्ञासा गर्दा सधै पढ्ने गरेको सुनाएका थिए ।
ओलीको भनाई उदृत गर्दै मिश्रले लेखेका छन्,‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नहात्तिनु होला ।’