काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले केपी शर्मा ओलीले जनादेशले काम नगरेपछि संसद् विघटन गरेको दाबी गरेका छन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यसअघि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले गरेको विघटन ठीक छ भनेर अदालतले भनेको र ओलीले विघटन गर्दा बेठीक छ भनिएको बताए ।
उनले केपी ओलीले जनताले दिएको मतको सदुपयोग नहुने भयो भनेर नयाँ जनादेशको लागि संसद् विघटन गर्दा कसरी प्रतिगमन भयो ? भन्दै प्रश्न उठाए । उनले केपी ओलीसँगको डरका कारण पाँच दलीय गठबन्धन बनेको सुनाए । उनले एमालेसँग एक्लै लड्ने आँट कसैसँग नरहेको जिकिर गरे ।