Logo

विधेयकबारे छलफल गर्न कांग्रेस पदाधिकारीले राष्ट्रपतिसँग भेट गर्दै



काठमाडौं, १३ भदौ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका पदाधिकारीहरुले भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारीहरुले दिउँसो २ बजे भण्डारीसँग भेटवार्ता गर्ने जनाइएको छ।

नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीसँग कांग्रेस पदाधिकारीहरुले छलफल गर्न लागेका हुन् । भण्डारीले दुबै सदनबाट पारित गरेर प्रमाणिकरण गर्न पठाइएको उक्त विधेयक पुर्नविचार गरियोस भन्दै फिर्ता पठाएकी थिइन् ।

सरकारले पुनः दुबै सदनबाट पास गरेर पठाउने तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्