Logo

फिनल्याण्डकी प्रधानमन्त्रीको विवादास्पद डान्सको समर्थनमा हिलारी क्लिन्टन



एजेन्सी, १३ भदौ । केही दिनयता फिनल्याण्डकी प्रधानमन्त्री साना मारिनको पार्टीको भिडियो चर्चाको विषय बनेको छ । धेरैले यसको निन्दा गरिरहेका छन् । यसैबीच पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले मरिनलाई समर्थन गरेकी छन् ।

क्लिन्टनले ट्वीटरमा मरीनको समर्थनमा आफ्नो तस्बिर साझा गरेकी छन्। जसमा उनी क्लबमा डान्स गरिरहेको देखिएकी छिन् । हिलारीले २०१२ मा विदेश सचिवको रूपमा कोलम्बियाको भ्रमण गरेकी थिइन् । यो त्यतिबेलाको तस्विर हो । क्लिन्टनले तस्बिरसँग लेखेकी छिन्,‘साना मरीन नाच्दै रहो।’ यस ट्वीटको जवाफ दिँदै फिनल्याण्डका प्रधानमन्त्रीले हिलारीलाई धन्यवाद दिए।

साना मरीनको एउटा भिडियो १८ अगस्टमा बाहिरिएको थियो । जसमा उनी आफ्ना साथीहरूसँग रक्सी पिएर नाच्दै देखिएकी थिइन् । यो भिडियोलाई लिएर मानिसहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई सामान्य भनेका छन् भने कतिपयले साना फिनल्याण्डको प्रधानमन्त्री बन्न योग्य नभएको बताएका छन् ।

अर्कोतर्फ फिनल्याण्डका हजारौं महिला सानाको समर्थनमा निस्किएका छन् । यी महिलाले एउटा समूह बनाएर सामाजिक सञ्जालमा डान्सको भिडियो पोस्ट गर्दै आखिर प्रधानमन्त्री पनि मान्छे नै हो, मन ताजा गर्न पार्टी गर्ने र नाच्ने अधिकार छ भनिरहेका छन् ।
भिडियो भाइरल भएपछि फिनल्याण्डका विपक्षी नेताहरूले प्रधानमन्त्री सान्ना मारिनले साथीहरूसँगको पार्टीमा लागुऔषध सेवन गरेको आरोप लगाएका छन् । उनलाई औषधि परीक्षणका लागि पनि आग्रह गरिएको थियो ।

फिनल्याण्डकी यातायात मन्त्री तथा सोसल डेमोक्रेटिक पार्टीकी नेतृ सान्ना मारिन विश्वकै कान्छी प्रधानमन्त्री बनेकी छिन् । उनी ३४ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् । मरिनले टेम्पेरे विश्वविद्यालयबाट प्रशासनिक विज्ञानमा स्नातकोत्तर गरेक िछन्। उनी २७ वर्षको उमेरमा टेम्पेरेको नगर परिषद्को प्रमुखमा निर्वाचित भएकी थिइन् । उनी २०१९ को जुनमा यातायात तथा सञ्चारमन्त्री बनेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्