टेक्सास, १३ भदौ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरको एउटा अपार्टमेन्ट भवनबाट बाहिर निस्किएका एक व्यक्तिले भवनमा रहेका तीन जनाको हत्या गरेका छन् । अपार्टमेन्टमा आगो लगाएर निस्किएका एक व्यक्तिले बाहिर निस्कँदा उसले उनीहरूमाथि गोली चलाएका भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ।
आक्रमणकारीले पाँच जनामाथि गोली चलाएको थियो, जसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा ४० देखि ६० वर्ष उमेर समूहका पुरुष रहेका छन् । घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना आइतबार राति करिब १ बजे (अमेरिकी समय) दक्षिणपश्चिम ह्युस्टनको औद्योगिक–आवासीय परिसरमा भएको थियो। अपार्टमेन्टमा आगलागी भएको खबर पाएलगत्तै प्रहरी र दमकलको टोली त्यहाँ पुगेको थियो । प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् । आक्रमणकारी करिब ४० वर्षको रहेको र उनी पनि लामो समयदेखि सोही अपार्टमेन्टमा बस्दै आएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी सोही अपार्टमेन्टमा बस्ने बस्दै आएका थिए । उनलाई पेटको क्यान्सर भएको थियो । उनले जागिर गुमाएका थिए र भाडा समेत तिर्न सकेका थिएनन् । उनलाई हालै अपार्टमेन्ट खाली गर्न सूचना पनि दिइएको थियो । यी सबै कुराले गर्दा उसले फरक पार्न छोडेको हुन प्रहरीले आंकलन गरेको छ ।