Logo

बालेन साहलाई अदालतले दियो यस्तो आदेश



काठमाडौं, १३ भाद्र । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध परेको अदालतको अवहेलनाबारे परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उनलाई उक्त आदेश दिएको हो ।

अवहेलनाबारे परेको रिटमा सजाय किन हुनुनपर्ने हो यसको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । अधिवक्ता दिपकराज जोशीले नर्भिक अस्पतालको विषयमा अदालतको अवहेलना गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै रिट दायर गरेका थिए ।

बालेन साहले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भनी सामाजिक सञ्जालमा लेखेका थिए । यो स्टाटसले उनी विवादमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot