Logo

सुवास नेम्वाङ्गविरुद्ध १५ वर्ष निजी सचिव बनेका बुद्धि खनालका भाई केशव चुनावी मैदानमा



काठमाडौं, १४ भाद्र । पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्गले इलाम क्षेत्र नम्बर २ मा कडा चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । १५ वर्ष नेम्वाङ्गको निजी सचिव बनेका केशव खनाल चुनावी मैदानमा उत्रिने घोषणा गरेपछि इलामको राजनीतिक रोचक बनेको छ ।

केशव खनाल व्यवसायी हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दै नेम्वाङ्गलाई जिताउँदा इलाम ३० वर्ष पछि परेको आरोप लगाएका छन् । पश्चिमी इलाममा विकास गर्ने भन्दा नेम्वाङ्ग आफ्नै राजनीतिक फाइदाका लागि केन्द्रमा रुमल्लिने गरेको उनको आरोप छ ।

केशव खनालले बाटो, वत्ती, स्वास्थ्य क्षेत्रमा समस्या समाधानमा नेम्वाङ्गले काम नगरेको आरोप समेत लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्