Logo

यी हुन मन्त्रीपरिषद बैठकले गरेका निर्णय



काठमाडौं, १४ भदौ । भुटानमा आयोजना हुने इसिमोडको ५३औं बोर्ड अफ गर्भनरको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल सहभागी हुने भएका छन् ।

सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गत भदौ १३ गते बसेको मन्त्रिपरिषदले बैठकका निर्णय सुनाउँदै पौडेललाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

त्यस्तै,ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका कार्यक्रमको लागि अधिकृत तहका ४३१ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ ।

मन्त्री कार्कीले विश्व बैंक समुहको अन्तराष्ट्रिय विकास संंस्थाबाट डिजिटल नेपाल एक्सलेसन परियोजनको लागि १४० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको समेत बताए । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्