काठमाडौं, १४ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि विभिन्न दलदेखि स्वतन्त्रउम्मेद्धवारका आकांक्षीहरुले तयारी तिव्र बनाएका छन् । नेपाली कांग्रेसले पनि उम्मेद्धवारका आकांक्षीहरुलई निवेदन दिन भनेको छ ।
सोहीअनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले चितवन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भन्दै आवेदन दिएका छन्।
वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकारको रुपमा काम गरिसकेका व्यक्ति हुन । थिए। यसअघि उनलाई अर्थमन्त्री बनाइनुपर्ने आवाज उठेको थियो ।
चितवन १ बाट हालका राज्यमन्त्री उमेश श्रेष्ठदेखि योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसम्मले उम्मेद्धवारको लागि ईच्छुक भन्दै आवेदन दिएका छन् । file photo