काठमाडौं, १४ भदौ । नेपाल इन्जिनियर्स एशोसिएसनले उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषाललाई ज्ञापनपत्र बुझाएको छ । आज (मंगलबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नेलगायतका विषयमा छलफल भएको एशोसियसनका महासचिव रविभुषण झाले जानकारी दिए ।
साथै, उर्जामन्त्री भुषालसँग भेटका क्रममा इन्जिनियरलाई न्यूनतम सातौँ तहको विज्ञापनको लागि आवश्यक पहल गर्ने, नगरपालिकामा नक्सा बनाउने इन्जिनियररआर्किटेकहरुलाई परेको समस्या समाधान गर्ने र हरेक वर्ष साउन ३ गते इन्जिनियर दिवसका दिनलाई अन्य दिवससरह मान्यता दिई सरकारी सूचनामा अंकित गर्ने विषयमा छलफल भएको पनि झाले जनाए ।
देशभर कार्यरत इन्जिनियररआर्किटेक्टलाई विश्वविद्यालयको अध्ययनपश्चात् अवसर र मागअनुसार सिधै कार्यक्षेत्रमा खटाउनुअघि उनीहरूलाई सम्बन्धित विषयमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिन इन्जिनियरिङ स्टाफ कलेजको खाँचो रहेको भन्दै एशोसियसनले कलेज स्थापना अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउँदै आएको छ ।