Logo

भाजपा नेतृ घरेलु कामदारलाई बन्धक बनाएको आरोपमा पक्राउ



एजेन्सी, १५ भदौ । सेवानिवृत्त आईएएस महेश्वर पात्राकी श्रीमती एवं भाजपाकी निलम्बित नेता सीमा पात्रालाई राँची प्रहरीले पक्राउ गरेको छ । पात्रामाथि ८ वर्षसम्म घरमा काम गर्ने कामदारलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।

प्रहरीले पक्राउ गर्नुअघि नै पात्रा पक्राउको डरले भाग्न खोजेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । पछिल्लो दुई दिनदेखि प्रहरीले उनको खोजी गरिरहेको थियो । उनलाई आज अदालतमा पेश गरिने छ ।

एजेन्सीको अनुसार उनले २९ वर्षीया आदिवासी अपाङ्गता भएकी युवतीलाई घरमा काम गर्ने बहानामा ८ वर्ष कैद गरेको थिइन् । पीडितको नाम सुनिता हो । उनले आफूलाई पर्याप्त खाना नदिइएको बताएकी छिन् । उनलाई डण्डीले कुटेर तातो प्यानले जलाइएको थियो । हाल उनी पात्राको घरबाट मुक्त भएर राँची रिम्समा भर्ना भएकी छन् ।

पीडित सुनितालाई घर जान आग्रह गर्दा अभियुक्त सीमाले रडले कुटपिट गर्ने गर्थिन् । यो खबर बाहिरिएपछि सुनितालाई भाजपाबाट निष्कासन गरिएको छ ।

पात्रा दम्पती राँचीको वीआईपी क्षेत्र अशोक नगरमा बस्छन्। पीडित सुनिताले आफू गुम्ला निवासी भएको बताइन् । सीमा पात्राका दुई सन्तान छन् । छोरीले दिल्लीमा जागिर पाएपछि घरको काम गर्न १० वर्षअघि दिल्ली गइन् । उनी ६ वर्षअघि राँची फर्किएकी थिइन् । उनलाई सुरुदेखि नै दुव्र्यवहार भइरहेको थियो । उनी जागिर छाड्न चाहन्थिन् तर ८ वर्षसम्म घरमा बन्धक बस्न बाध्य भइन् । घर जान आग्रह गर्दा उनलाई नराम्ररी कुटपिट गरिएको थियो । बिरामी हुँदा उनको उपचार पनि भएन ।

एक दिन सुनिताले सरकारी कर्मचारी विवेक आनन्द बास्केलाई मोबाइलमा म्यासेज गरेर आफूमाथि भइरहेको अत्याचारबारे जानकारी गराइन् । जानकारीका आधारमा अर्गोरा प्रहरी चौकीमा उजुरी दर्ता भएको थियो। त्यसपछि राँची प्रहरी र जिल्ला प्रशासनको टोलीले सुनितालाई उद्धार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot