Logo

फिल्मफेयर अवार्ड : रणवीर सर्वश्रेष्ठ अभिनेता र कृति सेनन सर्वश्रेष्ठ अभिनेत्री



एजेन्सी, १५ भदौ । ६७औं फिल्मफेयर अवार्डको घोषणा गरिएको छ। यसमा उत्कृष्ट अभिनेता रणवीर सिंह फिल्म ८३ र उत्कृष्ट अभिनेत्री कृति सेनन फिल्म मिमीका लागि छनौट भएका छन् ।

यस वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मल्होत्राको फिल्म शेरशाहले जितेको छ । त्यसैगरी उत्कृष्ट गीतकारको अवार्ड कौसर मुनीरलाई प्रदान गरिएको थियो । यो फिल्मफेयर अवार्ड महिलालाई दिइएको यो पहिलो पटक हो ।

फिल्म शेर शाहको कथा परमवीर चक्र विजेता क्याप्टेन विक्रम बत्राको जीवनमा आधारित छ । विक्रमले पाकिस्तानसँगको कारगिल युद्धमा महत्वपूर्ण भूमिका खेलेका थिए । शेरशाहमा सिद्धार्थ मल्होत्राले क्याप्टेन विक्रमको भूमिका निर्वाह गरेका छन् ।

यस फिल्ममा कियारा आडवाणी विक्रमकी प्रेमिका डिम्पलको भूमिकामा देखिएकी थिइन् । यो फिल्मलाई विष्णुवर्धन पुरीले निर्देशन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot