Logo

जस्मिनले बलात्कारको धम्की दिनेलाई दिइन् कडा जवाफ



एजेन्सी, १५ भदौ । बलिउड चर्चित अभिनेत्री जस्मिन भासिनले हालै एउटा खुलासा गरेकी छिन् । जास्मिनले एक अन्तर्वार्तामा बिग बोस छोडेपछि ट्रोलर्सले उनलाई मार्ने र बलात्कार गर्ने धम्की दिएको बताएकी हुन् । बिग बोसको सिजन १४ मा देखा परेकी जस्मिनले यसबाट बच्नका लागि मेडिकलको मद्दत लिएको बताइन् । जैस्मीनले आफ्नो बिग बोसको अनुभवको बारेमा कुरा गर्दै मानसिक रूपमा धेरै प्रभावित भएको समेत बताएकी थिइन् ।

भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार जस्मिनले आफुले सामना गरेको उक्त क्षण एकदमै गम्भीर थियो । यसै क्रममा जस्मिनले अहिले आफूलाई ट्रोलको वास्ता नगर्ने बताइन् । नायिका अहिले आफ्नो काममा मात्र केन्द्रित छिन् र उनले कामका कारण आफुले माया पाएको बताउछिन् ।

जस्मिनले घृणा गर्नेहरूलाई जवाफ दिँदै भनिन्, “हामीलाई घृणा गर्ने मानिसहरूको आवश्यकता छैन। हामीले यो पेशा यसकारण रोजेका होइनौं कि मानिसहरूले हामीलाई गाली गर्छन्। ट्रोलहरूलाई लाग्छ कि उनीहरू जे चाहन्छन् लेख्न सक्छन्, किनभने उनीहरूको कुनै अनुहार छैन। यदि उनीहरूमा हिम्मत छ भने। त्यसपछि बाहिर आएर यी सब भन, यी कायर मानिसहरू हुन् जसको कुनै काम छैन् ।’

जास्मिन र अली गोनीले बिग बोस १४ मा आफ्नो प्रेम व्यक्त गरेका थिए । त्यसयता यो जोडी प्रायः सँगै देखिने गरेको छ । दुवैले सामाजिक सञ्जालमा पनि एकअर्काप्रतिको प्रेम व्यक्त गर्छन् ।

जस्मिन भासिनले २०११ को तमिल फिल्म वानमबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्। यसपछि जैस्मीनले दिल से दिल तक, दिल तो हैप्पी है जी र नागिन ४ जस्ता धेरै सफल टिभी शोमा देखा परेकी छिन् । अभिनेत्रीले टशन–ए–इश्क बाट टिभी उद्योगमा डेब्यु गरेकी थिइन् । नायिका चाँडै गप्पी ग्रेवालको फिल्म हनिमुनबाट पञ्जाबी फिल्म उद्योगमा डेब्यु गर्दैछिन् । उनले यो फिल्मको छायांकन पनि अप्रिलमा पूरा गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot