Logo

‘बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने’ भन्दै काठमाडौंबाट कुलमानलाई चुनाव उठाउने प्रचण्डको तयारी



काठमाडौं, १५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा पार्टीप्रतिको क्रेज दिनप्रतिदिन कमजोर भएको भन्दै यसपटकको निर्वाचनमा नयाँ उभार ल्याउने भन्दै सोहीअनुसार नयाँ अनुहारलाई चुनाव लडाउने तयारी गरिरहेका छन् ।

पछिल्लो समय दाहालले आफूहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बालेन शाहभन्दा चर्को सेन्टिमेन्ट ल्याउने दाबी गरेका थिए । अहिले उनको उद्घोषसँग मिल्दो कुरा बाहिरिएको छ की नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ काठमाडौंमा माओवादी केन्द्रबाट चुनाव लड्ने भएका छन् ।

माओवादी नेतृत्वले नै उनलाई काठमाडौंको जुनसुकै क्षेत्रबाट लडेपनि टिकट दिने र तयारी थाल्न आग्रह गरेको छ । घिसिङले भने अहिलेसम्म चुनाव लड्ने वा नलड्ने खुलासा गरेका छैनन् । तर, माओवादीले भने यसअघि पनि घिसिङको तस्विर र अध्यक्ष प्रचण्डको तस्विर सेयर गर्दै उज्यालो नेपालका नायकको रुपमा प्रचार गरिसकेको छ ।

घिसिङलाई प्रचण्डले बोलाएर चुनाव लड्नेबारे पनि छलफल गरिसकेको बुझिएको छ । उनलाई काठमाडौं ३ र काठमाडौं ५ वा उनको गृहजिल्ला रामेछापबाट चुनाव लड्न माओवादीको दबाब छ ।

पछिल्लो समय आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर विभिन्न दलबाट नाम चलेका व्यक्तित्वहरुले चुनाव लड्ने चर्चा चलिरहेको छ । कुलमानले पनि निर्वाचन लड्ने आश्चर्यन नमान्न उनीनिकटका व्यक्तिहरुले भन्न थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्