काठमाडौं, १५ भदौ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई फाइदा नै नहुने भए गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् ।
उनले फाइदै नहुने भएपछि अरुको भर्याङ नहुने बताएका छन् । उनले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको पनि गुनासो पोखेका छन् ।
आज (बुधबार) पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको शुभाराम्भ गर्दै उनले यस्तो बताएका हुन् । नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले खेलेको भूमिकाको अवमूल्यन गर्न खोजिएको भन्दै आक्रोश पोखेका थिए ।
उनले कांग्रेस र माओवादी केन्द्रको नाम नलिईकन सबै सिटजति उनीहरुले लिने सहति गरेको र उभ्रिएको मात्रै आफूहरुलाई जिम्मा लगाउन खोजिएको आक्रोश पोखे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम