Logo

प्रचण्डले गठबन्धनलाई मिलाउनुहुन्छ, माओवादी केन्द्रले कमसेकम ५० सिट लिन्छः देवेन्द्र पौडेल



काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले गठबन्धनको सिट बाँडफाँट मिलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सक्षम रहेको बताएका छन् ।
“अन्तिम समयमा अलिअलि रस्साकस्सी हुने नै भयो । तर तालमेल नहुने कुरै छैन । पहिले पनि भयो, अहिले पनि हुन्छ । २० वर्षको इतिहास हेर्ने हो भने प्रचण्डले नमिलाएको कुनै कुरा छैन । भरखरै पार्टी पदाधिकारी कति सजिलै मिलाउनुभयो । संघीय मात्र नभएर प्रदेश, राष्ट्रिय सभामा बाँकी हुने, खाली हुने पदलाई जोडेर हामी तालमेल गर्छौं, यसमा शेरबहादुर देउवा र प्रचण्ड दुवै लचिलो हुनुहुन्छ,” प्राइम एचडी टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता नेपालले भने ।
नेकपा (माओवादी केन्द्र)ले संघीय निर्वाचनको प्रत्यक्षतर्फ कम्तीमा ५० सिट दाबी गर्ने पनि उनले बताए । पौडेलले भने, “पहिला जसले जितेको हो, त्यसलाई छाड्ने, स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्ने ठाउँ छन् । हामीले कमसेकम ५० को दाबा गरेका छौं । तर यो गणितीय रुपमा होइन ।”
१५० सिट जित्ने केपी शर्मा ओलीको भनाइ स्टन्ट मात्र भएको पौडेलको दाबी छ । उनले थपे, “उहाँको भनाइले केही फरक पर्दैन । उहाँ स्टन्ट गर्नुहुन्छ । तर म्यानेजमेन्टमा पोर हुनुहुन्छ । साथै उनले एकीकृत समाजवादी र आफ्नो पार्टी एकता उन्मुख भएको पनि बताए । पौडेलले भने, हामी करिब करिबतिर मिल्ने दिशातिर छ । आधारभूत विचार र दृष्टिकोण मिल्यो भने अलगअअलग बस्नुपर्ने छैन । कम्तीमा साझा घोषणापत्र बनाएर जान्छौं ।”
आफू बागलुङ–२ छाड्ने पक्षमा नरहेको पनि उनको भनाइ छ । पौडेलले भने, “मैले अरु जिल्लाको प्रसंग चलाएको छैन । बागलुङ–२ बाटै जितेको हुँ । अर्को जिल्ला वा काठमाडौंमा जाने सोच छ । बागलुङमा ६ वटा सिट छ । मिलाएर भागबन्डा गर्छौं ।”
त्रिभुवन विश्वविद्यालयमा तालाबन्दीको अराजकता नियन्त्रण गर्ने प्रतिबद्धता पनि शिक्षामन्त्री पौडेलले जनाए । उनले भने, “त्रिविमा तालाबन्दीबारे म प्रधानमन्त्रीकहाँ गएँ । गृहमन्त्रीसँग पनि कुरा भएको छ । त्रिविका काम कारबाहीमा केही अपुगता छ । तर तालाबन्दी गर्ने र प्रशासनिक काम कारबाही रोकनु कानुनसम्मत छैन । अब दोहोरिए सैह्य हुने छैन । यो राजनीति होइन अराजकता हो । अराजकतालाई राजनीति भनिँदैन, उदण्डता हो । म त्यसलाई नियन्त्रण गर्न तयार छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot