Logo

धनकुटाबाट सर्वसम्मत एकल सिफारिशमा परेका पूर्वमन्त्री सुनिल थापा काँग्रेसबाट उम्मेदवार बन्ने



काठमाडौं, १७ भाद्र । धनकुटाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि नेपाली काँग्रेसबाट पूर्वमन्त्री सुनिलबहादुर थापाको नाम एकल सिफारिश भएको छ । उनको नाम सर्वसम्मतले एकल सिफारिशमा परेको हो ।

काँग्रेस पूर्वसहमहामन्त्री थापा गठबन्धनबाट धनकुटाबाट काँग्रेसको उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ । उक्त क्षेत्रमा माओवादी र नेकपा एससहित गठबन्धनका अन्य दलको दाबेदारीमा परेको छैन । यसकारण सुनिलबहादुर थापा नै गठबन्धनका साझा उम्मेदवार बन्ने निश्चितप्रायः भएको हो ।

थापा २०७० मा धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए ।

पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल थापा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिए । उनी पार्टी छाडी काँग्रेसमा प्रवेश गरेका थिए । काँग्रेसमा सहमहामन्त्री बनाइएका थापा १४औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्