Logo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रतिनिधिसभाको उम्मेद्धवारका लागि झापा-१ बाट सिफारिश



काठमाडौं, १६ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारको लागि सर्वसम्मत रूपमा सिफारिस भएको छ ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

यसअघि उनको नाम काठमाडौं क्षेत्र नम्बर ५ बाट पनि प्रतिनिधिसभाको चुनाव लड्ने भनेर जोडिएको थियो ।

तर, शर्माले आफूले झापा १ बाट नै चुनाव लड्ने भन्दै काठमाडौंबाट चुनाव लड्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका थिए ।

०७४ को चुनावमा शर्मा नेकपा (माओवादी केन्द्र) राम कार्कीसँग पराजित भएका थिए ।

पराजित हुँदापनि उनले कार्कीको विजय र्यालीमा सरिक भएर हार्दिकता देखाएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्