Logo

प्रधानन्यायाधीश जबराको बयान सुरू



काठमाडौं, १६ भदौ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानको लागि महाभियोग सिफारिश समितिमा उपस्थित् भएका छन् ।

उनी उपस्थित् भएसँगै उनको आज दोस्रो दिनको बयान सुरु भएको छ । जबरा हिजोपनि बयानको लागि समितिको बैठकमा सरिक भएका थिए ।

हिजोको बयानमा उनले आफूमाथि लगाईएको महाभियोगको कुनै अर्थ नभएको र यसको औचित्य नै समाप्त भैसकेको स्पष्ट पारेका थिए ।

उनले आफूमाथि अन्याय भएको भन्दै न्याय मागेका थिए । सो क्रममा उनले अन्य न्यायाधीशहरु, बार, सर्वोच्च बारका पदाधिकारीमाथि पनि प्रश्न उठाएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्