काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको नाम कैलाली–४ बाट प्रतिनिधिसभाको लागि सिफारिश भएको छ । आगामी मंसिर गते ४ गते हुने निर्वाचनको लागि उनको नाम सिफारिश भएको हो ।
महरसँगै यो क्षेत्रबाट नेताहरु सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी र लक्ष्मीराज पाठकको नाम पनि प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस भएको छ ।
तर, महर सभापति शेरबहादुर देउवानिकट नेता मानिएकोले उनले नै टिकट पाउने चर्चा छ । उनी विद्यार्थी राजनीतिमा केन्द्रीय राजनीतिमा आएका हुन् । १४औं महाधिवेशनमार्फत उनी पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका हुन् । file photo