Logo

विष्णु पौडेलसँग गृहमन्त्री बालकृष्ण खाँणको भीडन्त हुने पक्का, रुपन्देही–२ बाट नाम सिफारिश



काठमाडौं, १६ भदौ । गृहमन्त्री बालकृष्ण खाँणको नाम रुपन्देही–२ बाट प्रतिनिधिसभाको निर्वाचनको लागि नाम सिफारिश गरेको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणको नाम सिफारिश गरेको हो ।

खाँणसहित क्षेत्रीय समितिले युवराज गिरी र चुन्नुप्रसाद पौडेलको नाम पनि सिफारिस गरेको हो ।पौडेल व्यवसायी हुन् ।

खाँण २०७४ को निर्वाचनमा रुपन्देही(३ बाट समानुपातिकमा बसेका थिए ।

रुपन्देही–२ एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र हो । यो क्षेत्रबाट पौडेलले लगातार चुनाव जित्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्