Logo

डिशहोम फाइवरनेटद्वारा वीरगञ्जमा सह–वितरण सोरुमको शुभारम्भ



काठमाडौं, १६ भदौ । डिशहोम फाइवरनेटले वीरगञ्जमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।

डिशहोमका जनरल सेल्स म्यानेजर रमेश सापकोटाले उक्त सोरुम उद्घाटन गरेका हुन् ।

इन्टरनेट सेवा विस्तारलाई तीब्रता दिँदै पहिलो नम्बरको कम्पनी बन्ने दौडमा रहेको डिशहोम फाइबरनेटले डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवाका ग्राहकहरुमाझ इन्टरनेट पुर्याउन प्राथमिकता दिँदै आएको छ ।

वीरगञ्जमा शुभम ट्रेडर्सले नयाँ सोरुममार्फत डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा दिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot