Logo

सिद्धार्थ राजमार्ग अवरुद्ध



पाल्पा, भदौ १७ । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारी संचालन हुन सकेको छैन्। गए राति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनःपानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध बनेको हो।

बिहिबार दिउँसोदेखी पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन सकेको छैन। बिहिबार २ घण्टा एकतर्फी रूपमा सडक खुलाइएको भएता पनि पुनः पहिरो खस्दा यात्रुहरु भने अलपत्र परेका छन्।

अहिले पनि पानी परेका कारण सडक खुलाउने कामगर्न असहज भएको छ। माथिबाट पहिरो खस्ने र खनिएको सडक समेत पहिरोले बगाएपछि सडक खुलाउने विषय नै अन्यौलमा परेको छ ।

 



प्रतिक्रिया दिनुहोस्