Logo

बादलसँग आफ्नो तुलना नै नहुने भन्दै प्रचण्ड जंगिएपछि.. (भिडिओसहित)



काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन–३ बाट नै उठ्ने बताएका छन् । उनले आफूले यसअघि नै चितवन–३ बाट उठ्ने भनेर घोषणा गरिसकेकोले त्यसबाट दायाँ बायाँ नहुने स्पष्ट पारे ।

आज (शुक्रबार) विहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सो क्रममा पत्रकारले उनलाई चितवन–३ बाट उठ्ने भए अब बादलसँग प्रतिष्पर्धा हुने भयो होईन त ? भनेर सोधेको प्रश्नमा उनले भने–‘ह्या, तुलनै नहुने कुरा नसोध्नुहोस क्या, तपाईँहरुले ।’

दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग् एकताको तयारी भइरहेको पनि बताए । उनले पार्टी एकताको लागि छिट्टै एकता संयोजन समिति बन्ने सुनाए । उनले आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र एउटै हुने जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot