Logo

प्यारासुट नेचुराल स्याम्पुको “सङ्गीसँग तीज” कार्यक्रम सम्पन्न



काठमाडौँ, १७ भदौ । प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो “श्रावण वीथ सङ्गी” नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।

कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पु¥याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो ।

प्यारासुट नेचुराल स्याम्पुको ब्राण्ड एम्बास्डर, आँचल शर्माको विशेष आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रमाइला गतिविधिहरू समावेश गरिएको थियो । कार्यक्रममा थप रोमाञ्चकता थप्नका निम्ति कपाल बाट्ने, चुरा मिलाउनेजस्ता प्रतियोगिताहरूको आयोजना गरिएको थियो ।

तीज महिलाहरुको एक विशेष चाड हो जुन मुख्यतया देशभरका नेपाली महिलाहरूले धेरै उत्साह र जोशका साथ मनाउँछन् । हरियाली तीज र हरितालिका तीज मनसुन मौसमलाई स्वागत गर्दछ र मूलतः केटी र महिलाहरुद्वारा सिंगारपटार गरि, गीत, नृत्य अनुष्ठानका साथ मनाउँछन् ।

यसका अतिरिक्त, यो अभियान प्यारासुट स्याम्पु आफ्ना प्राकृतिक विशेषताहरूले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरूलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई अझ विस्तार र स्थापना गर्नका लागि पनि हो ।

प्यारासुट नेचुराल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेड अन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्राण्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, मेहेन्दि, रेड हिबिस्कस र एलोभेराजस्ता प्राकृतिक सामाग्रीहरूको मात्र प्रयोग कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot